जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

२०८१ पुष १६ गते मंगलवार
सारांश
  • बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि विरोधमा उत्रिएका हुन् ।

जनकपुर  जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् ।


बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि विरोधमा उत्रिएका हुन् ।
विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसर भित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन् ।


यसअघि आजसम्म कहिले राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा राखिएको थिएन । नियतवस निजी क्यामपसका सञ्चालकहरुको पैसाको चलखेल र मिलेमतोमा नौंसय जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरुको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले यो निर्णय आजै नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार